Logo
Logo

सोचेर सम्बन्धविच्छेद गर्ने निर्णय लिएको हुँ, विष्णुलाई गाली नगर्नुहोला : एलिना चौहान


4.7k
Shares

काठमाडौं । गायिका एलिना चौहानले आफूहरू दुईजना र परिवराले सोचेरै सम्बन्धविच्छेद गर्ने निर्णय लिएको बताएका छन् ।

काठमाडौं जिल्ला अदालतमा पति विष्णु सापकोटासँग सम्बन्धविच्छेदको मुद्दा दायर गरेको भोलिपल्ट शनिबार सामाजिक संजालमा भिडियो शेयर गर्दै गायिका चौहानले अनुभवबाट सिकेर नयाँ जिन्दगी सुरुवात गर्न चाहेको धारणा राखेका छन् ।

उनले भनेका छन्, ‘कसैले पनि बिहे डिभोर्स हुन्छ भनेर गरेको हुन्न । सात जुनीसम्म हुन्छ भनेर गरेको हुन्छ । बाबुआमाले पनि मुटु फुटाएर डिभोर्स होस् भन्ने चाहँदैनन् । यो निर्णय सोचेर लिएको हुँ । दुईजनाले सोचेर र परिवारबीच सल्लाह गरेर लिएको निर्णय हो । कतिपय कुरा इच्छाभन्दा पनि जरुरी भएर हुने रहेछ । मनमुटाव हुँदाहुँदै भोलि दुर्घटना भयो भने के गर्ने ?’

त्यस्तै, उनले आफूहरू प्रेम सम्बन्धमा हुँदा पनि खटपट हुने गरेको बताउँदै विवाह हतारको निर्णय भएको बताए । ‘समय बित्ददै जाँदा सहन सकिन । उहाँका अपेक्षा मैले पुरा गर्न सकिन’ एलिनाले भनेका छन् ।

अनुभवबाट सिकेर नयाँ जीवन सुरु गर्न चाहेको भन्दै उनले भनेका छन्, ‘आफूले माया गरेको मान्छेलाइ गाली गर्दा आफूले गाली खाएको भन्दा धेरै पीडा हुने रहेछ । मलाई यो समयमा साथ दिनूस तर उहाँलाई नराम्रो नभन्नुहोला । गाली नगर्नुहोला । मैले आफै जिन्दगी बिगारेको हो । उहाँले पनि म कलाकार हो भन्ने थाहा पाउँदा पाउँदै विवाह गर्नुभएको हो ।’

प्रतिक्रिया दिनुहोस्