काठमाडौं,११ असार ।
लकडाउनमा अनलाइनमार्फत हुने अपराध बढेका छन् । भाइबर, ह्वाटसएप, इमो जस्तो माध्यमबाट लोटरी परेको विश्वास दिलाई ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाले यस्तो समूहलाई पक्राउ गरेको हो । प्रहरीले झापाका पुकार बर्मा, काभ्रेका नविन भण्डारी, रौतहटका आकाश अग्रवा, एम अग्रवाल, भारतीय नागरिक एमडी सर्फराज पर्साका कृष्ण प्रसाद साह र सुनिल साहलाई पक्राउ गरेको हो ।
सो गिरोहबाट नेपाल सरकारका उच्च पदस्थ व्यक्तिहरु समेत ठगिएको प्रहरीले जनाएको छ । चिठ्ठा वापतको कर पठाउन लगाएर ठगी हुने गरेको हो । ठगीने कतिपय व्यक्तिहरु बिक्षिप्त भएका छन् । केहीले घरजग्गा धितो रोखर समेत पैसा बुझाएका थिए । चिठ्ठाका नाममा आउने फोन तथा म्यासेजलाई विश्वास नगर्न प्रहरीले आग्रह गरेको छ ।