काठमाडौं । भारतको कुम्भ मेलाबाट फर्किँदै गरेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु भएको छ ।

बिहारको सहर मुज्फरपुरमा शनिबार साँझ नेपाली तीर्थयात्री बोकेको भारतीय गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु भएको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए ।
न्यौपानेका अनुसार मृतकहरुमा मन्तार्नी देवी, अर्चना ठाकुर, बालाकृष्ण झा, इन्दु देवी र चालक रहेका छन् । दुर्घटनामा मनोहर ठाकुर, कामिनी झा, सृष्टि ठाकुर र जगतारण देवी गम्भीर घाइते भएका छन् ।