
काठमाडौं । त्रिकोणात्मक महिला टी–२० अन्तराष्ट्रिय श्रृङ्खलामा नेपालले आज नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो सवा १२ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।
घरेलु टोली नेपालले यसअघि लगातार दोस्रो हार ब्यहोरेको छ । शनिबार भएको आफ्नो दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग ४ विकेटले पराजित भएको थियो । त्यसअघि भएको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो । श्रृङ्खलामा नेपाल, थाइल्याण्ड र नेदरल्याण्ड्स सहभागी छन् ।