
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्दैछ ।
हिजोदेखि ललितपुरको बालकुमारीस्थित पार्टीको केन्द्रीय कार्यालयमा सुरु भएको बैठक आज पनि बस्ने भएको हो ।
बैठकमा जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियानको समीक्षा, वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजनालगायतका एजेन्डामा छलफल भइरहेको छ । त्यस्तै समसामयिक राजनीतिका विषयमा पनि छलफल गरि बैठक आज समापन गर्ने पार्टीको तयारी छ ।