Logo
Logo

बालाजुस्थित प्राइम बैंकको पार्किङमा एक युवक मृत भेटिए


693
Shares

काठमाडौं । बालाजु बाइपासमा एक युवक मृत अवस्थामा फेला परेका छन् । प्राइम बैंकको पार्किङमा अन्दाजी २५ वर्षीय व्यक्ति मृत अवस्थामा फेला परेका हुन् ।

काठमाडौं प्रहरी परिसरका अनुसार हालसम्म मृतकको सनाखत भएको छैन । यद्यपि, उनको राहदानी नम्बर फेला परेकाले उनीबारे चाँडै थप विवरण खुल्ने सम्भावना छ । उनको साथमा कालो झोला र बैशाखी समेत भेटिएको प्रहरीले जनाएको छ ।

ती व्यक्तिको मृत्युको कारण पोष्टमार्टम रिपोर्ट आएपछि मात्र थाहा हुने प्रहरीले जनाएको छ । प्रहरीले शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्