Logo
Logo

गुल्मीमा ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु


315
Shares

गुल्मी । कालीगण्डकी गाउँपालिका–२ अर्बेनीबाट बिसौनातर्फ गइरहेको ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । लु३त ५११२ नंको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी ५०–६० मिटर तल खस्दा सहचालक कालीगण्डकी –२ अर्बेनीका ५५ वर्षीय देवबहादुर विकको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका विकको उपचारका क्रममा गल्याङ् नगर अस्पताल स्याङ्जामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिए । दुर्घटनापछि चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्