Logo
Logo

जलेश्वर कारागारका एक कैदीको मृत्यु


378
Shares

काठमाडौं । महोत्तरीको जलेश्वर कारागारका एक कैदीको मृत्यु भएको छ । आगजनी घटनामा दोषी ठहर भई दुई वर्षदेखि कैद भुक्तान गरिरहेका धनुषाको बटेश्वर गाउँपालिका–१ कार्तिकुमरका ५६ वर्षीय जोगेन्द्र महराको मृत्यु भएको हो ।

कारागार प्रशासन प्रमुख अशोक क्षेत्रीका अनुसार अचानक बेस्सरी पेट दुखेपछि उनलाई मध्यराति प्रादेशिक अस्पताल जलेश्वरमा भर्ना गरिएको थियो । तर, उपचारको क्रममा शनिबार राति साढे २ बजेतिर उनको मृत्यु भएको क्षेत्रीले जानकारी दिए ।

जिल्ला अदालत धनुषाले २०३८ सालमा गाउँकै खेतमा भएको आगजनी घटनामा दोषी ठहर गर्दै उनलाई कैद सजाय सुनाएको थियो । तर, त्यसबेलादेखि फरार लिस्टमा रहेका उनलाई दुई वर्षअघि प्रहरीले पक्राउ गरी कैद भुक्तानका लागि कारागार पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्