काठमाडौं । काठमाडौंको बालाजुमा एक युवक मृत भेटिएका छन् । गएराति पौने १२ बजेतिर काठमाडौं महानगरपालिका–१६ बालाजु बाइपासस्थित प्राइम बैंकको पार्किङमा अन्दाजी २५÷२६ वर्षका युवक मृत भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराका अनुसार स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल पुग्दा उनी मृत भेटिएका थिए । ती युवकको साथबाट राहदानी भेटिएको छ ।
राहदानीमा रहेका विवरणका आधारमा उनको आफन्त खोज्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महारजागन्ज पठाइएको एसपी बोहराले जानकारी दिए ।