Logo
Logo

माओवादीको पदाधिकारी बैठक बस्दै, यी हुन एजेण्डा


2.3k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ । बैठक बिहान ११ बजे प्रचण्ड निवास खुमलटारमा बस्ने भएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

उनका अनुसार बैठकमा नेताहरूको जिम्मेवारी हेरफेर, कार्य विभाजन, अवकाश विद्यार्थीहरूको व्यवस्थापन लगायतका विषयमा निर्णय हुने सम्भावना छ ।

त्यस्तै पूर्व–पश्चिम तथा मध्य पहाडी राजमार्गमा हुने कार्यक्रमको खाका तयार पार्ने लगायत समसामयिक विषयमा निर्णय हुन सक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्