
काठमाडौं । अदालतको अवहेलना गरेको भन्दै आम जनता पार्टीका अध्यक्ष प्रभु साहविरुद्ध रौतहट जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
बौधिमाई नगरपालिकाका मेयर प्रदिपकुमार यादवले गत शुक्रबार प्रतिनिधिसभा सदस्य समेत रहेका साहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गराएका हुन् ।
रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद साहले केही दिनअघि आफ्नो फेसबुकमा रौतहट जिल्ला अदालतका न्यायाधीश नेताका झोले कार्यकर्ता भन्दै भनेर टिप्पणी गरेका थिए ।
बाटो खाली गराउने क्रममा नगर प्रमुख यादवमाथि आक्रमण तथा अभद्र व्यवहार गर्ने गंगाराम बैठालाई पुर्पक्षका लागि थुना पठाउने आदेश भएपछि सांसद साहले उक्त टिप्पणी गरेका थिए ।