Logo
Logo

एकीकृत समाजवादीको तीनवटै कमिटी बैठक सर्यो


378
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले यसअघि तय भएको तीन तहका पार्टी कमिटी बैठकको मिति परिवर्तन गरेको छ । यही माघ २८ गते स्थायी कमिटी, २९ गते पोलिटब्युरो र माघ ३० देखि फागुन १ र २ गते बस्ने तय भएको केन्द्रीय कमिटी बैठकको मिति संशोधन गरेर पार्टीले नयाँ मिति सार्वजनिक गरेको हो ।

सो पार्टीका महासचिव घनश्याम भुसालका अनुसार अब फागुन ६ गते स्थायी कमिटी, ७ गते पोलिटब्युरो तथा ८ र ९ गते केन्द्रीय कमिटी बैठक बस्नेछ । स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकले आन्दोलनका कार्यक्रम तय गर्ने एकीकृत समाजवादीले जनाएको छ ।

आन्दोलनद्वारा पार्टी निर्माण गर्ने बताउँदै आएको सो पार्टीले महासचिव भुसाललाई आन्दोलनको संयोजक तोकेको छ भने आन्दोलन संयोजन समितिको सचिवमा नेता जीवराम श्रेष्ठ तोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्