
काठमाडौं । त्रिकोणत्मक महिला टी २० आई श्रृंखलाको आफ्नो तेस्रो खेलमा जितका लागि नेपालले १४१ रनको लक्ष्य पाएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनायो ।
नेदरल्याण्ड्सका लागि कप्तान बाबेट डे लिडेले सर्वाधिक ४१ रन बनाइन्। त्यस्तै हिथर सिगर्सले २६ रन बनाइन् । फेबे मोल्कनबोर र रोबिन रिकेले समान २१ रन बनाए ।
नेपालका लागि सिता राना मगरले ४ ओभरमा १२ रन दिएर ५ विकेट लिइन् । उनले करियरको दोस्रो पाँच–विकेट फिगरको बलिङ गरेकी हुन् । यो उनको बेस्ट बलिङ समेत हो । मनिषा उपाध्यायले २ विकेट लिँदा कविता जोशी र इन्दु बर्माले १–१ विकेट लिए ।