Logo
Logo

माओवादीको पदाधिकारी बैठक भोलिलाई सर्यो


252
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गृहजिल्ला चितवनमा व्यस्त रहेकाले बैठक स्थगित भएको सचिव दीनानाथ शर्माले जानकारी दिए ।

शर्माका अनुसार बैठक भोलि (सोमबार) बिहान ११ बजे प्रचण्ड निवास खुमलटारमा बस्नेछ । यसअघि बिहान ११ बजे बोलाइएको बैठक प्रचण्डको कार्य व्यस्तताका कारण दिउँसो २ बजेलाई सारिएको थियो ।

बैठकमा नेताहरूको जिम्मेवारी हेरफेर, कार्य विभाजन, अवकाश विद्यार्थीहरूको व्यवस्थापन लगायतका विषयमा निर्णय हुने सम्भावना छ । पुस २३ गते सम्पन्न केन्द्रीय समिति बैठकले सबै केन्द्रीय सदस्यहरूको जिम्मेवारी माघ १ गतेसम्म हेरफेर गर्ने निर्णय गरेको थियो ।

त्यस्तै पूर्व–पश्चिम तथा मध्य पहाडी राजमार्गमा हुने कार्यक्रमको खाका तयार पार्ने लगायत समसामयिक विषयमा निर्णय हुन सक्ने छ ।

प्रतिक्रिया दिनुहोस्