काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक सरेको छ ।

३० माघदेखि बस्ने तय भएको बैठक सरेको महासचिव घनश्याम भूसालले जानकारी दिए । अब ८ फागुनदेखि बैठक बस्नेछ । स्थायी कमिटी र पोलिटब्यूरो बैठक पनि सरेको छ ।
६ फागुनमा स्थायी कमिटी र ९ फागुनमा पोलिटब्यूरो बैठक बस्ने भूसालले जानकारी दिए ।