Logo
Logo

माछा मार्न जाँदा नारायणीमा एक युवा बेपत्ता


- दृष्टि न्युज/संवाददाता

0
Shares

भरतपुर, १२ असार । नारायणी नदीमा माछा मार्ने क्रममा एक जना बेपत्ता भएका छन् ।
भरतपुर महानगरपालिका–३ रामघाटस्थित नारायणी नदीमा माछा मार्ने क्रममा बर्दिया घर भइ हाल भरतपुर महानगरपालिका–४ बस्ने २१ वर्षीय टिङ्कु चौधरी बेपत्ता भएको जिल्लाप्रहरी कार्यालय चितवनले जनाएको छ । नदी किनारमा माछा मार्ने क्रममा उनलाई बढीले बगाएको थियो । बेपत्ताको नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्