Logo
Logo

दुई हप्तापछि उपत्यकामा कोरोना संक्रमणको अवस्था अकल्पनिय हुनसक्छः चिकित्सक


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं, १२ असार ।
दुई सातापछि उपत्यकामा कोरोना संक्रमणको अवस्था भयाभय हुनसक्ने चेतावनी चिकित्सकले दिएका छन् । लकडाउन खुकुलो भएको, परीक्षण थोरै मात्र भएको र उपत्यका बाहिरबाट आउने क्रम बढेकाले संक्रमणको अवस्था ह्वात्तै बढ्नसक्ने उनीहरुको भनाई छ ।


डा.रबिन्द्र पाण्डे भन्छन्,‘बिभिन्न नाकाबाट एक हप्ता यता काठमाडौंमा दैनिक ५–६ हजार व्यक्ति आउने क्रम जारी छ । सरकारले संक्रमित क्षेत्रबाट आउने नागरिकको सम्पर्क नम्बर लिएर उहाँहरुको कोरोना परीक्षण गर्ने हो भने थाहा हुन्थ्यो कि काठमाडौंको अवस्था के छ भनेर । सरकारले ठोस रणनीति नबनाउने हो भने २ हप्तापछि काठमाडौं उपत्याकाको अवस्था अकल्पनीय हुनसक्छ ।’
झिनामसिना काम, आन्तरिक बिबाद, सम्बन्धित निकायबीच समन्वयको अभाव तथा भ्रष्ट्राचार प्रकरणले गर्दा कोरोना नियन्त्रण सरकारको प्राथमिकतामा नपरेको उनको भनाई छ ।
.
‘सरकारलाई रचनात्मक दवाव प्रदान गरौँ, सबैले अनिबार्य मास्क लगाऔं, व्यक्तिगत दुरी कायम गरौँ, भीडभाडमा नजाऔं,’ उनी भन्छन्,‘नियमित रुपमा हात धुने र स्यानिटाइज्ड गर्ने बानीको अभ्यास गरौँ, चिन्ता नगरौं र योजना बनाऔं ।’
लकडाउन खुुकुलो भएपछि बजारमा भिड बढेको छ । रेस्टुरेन्टमा समेत भिड बढेको छ। सैलुनहरु समेत खुलेको छ । धेरै संक्रमण देखिएका जिल्लाहरुबाट समेत गरी दैनिक १० हजार सर्वसाधरण उपत्यका भित्रिएका छन् । तर, उनीहरुको परीक्षण समेत हुन नसक्दा जोखिम बढेको हो । यस्तो अवस्थामा सर्वसाधरणले सतर्कता नबढाए काठमाडौंको अवस्था दिल्ली र मुम्बईमा जस्तै भयाभय हुुन चिकित्सकहरुको चिन्ता छ ।

प्रतिक्रिया दिनुहोस्