काठमाडौं, १२ असार ।
प्रदेश नम्बर २ का घुस्याहा प्रहरीहरु निलम्बनमा परेका छन् । प्रदेश प्रहरी कार्यालय जनकपुरले असईद्वय ललित शाह र संजिव कुमार झा तथा जवान दिनेश हजारालाई निलम्बन गरेको हो ।
प्रहरी चौकी औराहा रौतहटका कार्यरत असई ललित शाहले हुन्डी कारोबारमा संलग्नलाई सहयोग गरी आर्थिक लाभ लिएको तथा संजीव कुमार झाले पटक पटक चेतावनी दिदां पनि आचरण सुधार नगरेको प्रहरीले जनाएको छ । २ नम्बर प्रदेशका प्रहरीमाथि आचरणविरुद्धको कारबाहीलाई तिव्रता दिइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।