Logo
Logo

कोरोना अपडेट : विश्वभर ९४ लाखभन्दा बढी संक्रमित, चार लाख ८० हजारको मृत्यु


- दृष्टि न्युज/संवाददाता

0
Shares

जेनेभा, १३ असार (एजेन्सी) । विश्वमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि हुने व्यक्तिको संख्या ९४ लाखभन्दा बढी पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ ।
डब्लुएचओका अनुसार विगत २४ घण्टामा विश्वभर संक्रमण पुष्टि हुनेको संख्या एक लाख ७७ हजार बढी कूल संक्रमितको संख्या ९४ लाखभन्दा बढी पुगेको छ भने मृत्यु हुनेको संख्या पाँच हजार ११६ रहेको छ । शनिबारसम्म विश्वभर कोभिड–१९ को महामारीका कारण मृत्यु हुनेको संख्या चार लाख ८४ हजार २४९ पुगेको सम्बन्धित देशहरूद्वारा डब्लुएचओलाई उपलब्ध गराइएको तथ्यांकमा उल्लेख छ ।
विश्व स्वास्थ्य संगठनको अघिल्लो दिनको तथ्यांकमा २४ घण्टामा कोरोनाभाइरस संक्रमणको महामारीका कारण नयाँ संक्रमित हुनेको संख्या एक लाख ६७ हजार ५६ रहेको थियो भने पाँच हजार ३३६ जनाको मृत्यु भएको थियो ।
विश्वमा कोभिड–१९ महामारीका कारण सबैभन्दा बढी संक्रमित तथा मृतकको अमेरिकामा रहेको छ यूरोपमा करिब २६ लाख सङ्क्रमित रहेका छन् । त्यस्तै एशियामा २१ लख २२ हजारभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको छ ।

संक्रमणका आधारमा भन्ने हो भने कोरोनाभाइबाट बढी प्रभावित हुने मुलुकहरूमा क्रमशः अमेरिका, ब्राजिल, रूस, भारत बेलायत स्पेन पेरू, चिली, इटाली र इरान रहेका छन् । दक्षिण एशियाली मुलुकहरूमा भारत सबैभन्दा बढी प्रभावित मुलुक हो भने पाकिस्तान, बंगलादेश र अफगानिस्तान रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्