Logo
Logo

चार इन्सपेक्टरसहित ७५ प्रहरीमा कोरोना संक्रमण


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौैं, १४ असार ।
कोरोना रोकथाम फ्रन्टलाइनमा खटिएका प्रहरीमा संक्रमण बढीरहेको छ । खासगरी क्वारेन्टाइनो सुरक्षामा खटिएका प्रहरीमा संक्रमण सरेको छ ।


हालसम्म चार इन्सपेक्टरसहित ७५ जना प्रहरीमा कोरोना संक्रमण देखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । जसध्ये ४१ जना डिस्चार्ज भइसकेका छन् ।

संक्रमित प्रहरीमा कपिलवस्तुका ६, गुल्मीका १, प्यूठानका २, दाङका १, बागलुङका १, बाराका ७, धनकुटाका २, बाँकेका १, धनुषाका १०, सप्तरीका ४, सिरहाका ३, सर्लाहीका २, तनहुँका २, रौतहटका ४ छन् । यस्तै महोत्तरीका २, जुम्लाका २, जाजरकोटका १, सुर्खेतका ४, दैलेखका ९, कञ्चनपुरका ३, अछामका १, बाजुराका १, काठमाडौंका ५ र भक्तपुरका १ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा २ महिला र ७३ पुरुष छन् । प्रहरी प्रधान कार्यालयका अनुसार ५० जना प्रहरी क्वारेन्टिनमा छन् ।
पछिल्लो पटक महानगरीय अपराध महाशाखामा पनि संक्रमण देखिएको छ । पूर्ण रुपमा सतर्कतासहित डिउटीमा खटिन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ ।

प्रहरी कर्मचारीहरूले #COVID-19 महामारीको समयमा अपनाउनुपर्ने आधारभूत स्वास्थ्य सुरक्षा मापदण्ड

प्रतिक्रिया दिनुहोस्