Logo
Logo

मलाई हटाउन भारतीय राज्यसंयन्त्र सक्रिय छः प्रधानमन्त्री ओली


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १४ असार ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई हटाउन भारतीय राज्यसंयन्त्र सक्रिय भएको दावी गरेका छन् । लिम्पियाधुरा लगायतको भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि भारतीय मिडिया, त्यहाँका बुद्धिजिवी र राज्यसंयन्त्र आफुलाई हटाउन लागेको प्रधानमन्त्री ओलीको दावी छ ।

मदन भण्डारीको जन्मजयन्तीको अवसरमा बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफुलाई हटाउनुपर्छ भनेर दौडधूप भैरहेको दावी गरो हुन् ।
‘हामीले नक्सा सच्चायौँ । यसलाई संवैधानिक रुप दियौँ । त्यसपछि हप्ता १५ दिनमा प्रधानमन्त्री परिवर्तन हुँदैछ भन्ने सुन्नुभएको होला । भारतीय मिडिया र बुद्धिजीविको कुरा सुन्नुभएकै होला । भारतको राज्य संयन्त्र अचम्मसम्म सक्रिय छ ।’ प्रधानमन्त्री ओलीले भने, ‘यसका लागि होटलमा गतिविधि भएका छन् । राजदूतावासमा सक्रियता बढेको छ ।’
तर, प्रधानमन्त्री ओलीलाई हटाउन त्यति सजिलो नभएको उनको भनाई छ । ‘प्रधानमन्त्रीलाई कसैले हटाउछु भनेको छ कसैले नसोचे हुन्छ, कसैले हतारो नगरे हुन्छ , आग्रह नपाले पनि हुन्छ । नेपालको राष्ट्रियता त्यति कमजोर छैन, राष्ट्रियताको पक्षमा कदम चाल्दा प्रधानमन्त्री हट्न परोस् ।’

अहिले केपी ओलीलाई हटाउनुपर्छ भनेर खुला दौडधूप भएका छन् । भित्रभित्र यस्तो अपराध गर्ने मान्छेलाई राख्नुहुन्न भन्न थालिएको छ । नक्सा छापेकोलाई अपराध भनेका छन् । मलाई हटाउन होटलहरुमा गतिविधि भएका छन् । राजदूतावासमा सक्रियता बढेको छ,’ ओलीले भने ।

ओलीले नक्सा छापेबापत कसैले प्रधानमन्त्रीलाई हटाउँछु भनेर सोचेको भए पनि नेपालको राष्ट्रियता कमजोर नभएको बताए । उनले भने, ‘नक्सा छापेबापत प्रधानमन्त्रीलाई कसैले हटाउँछु भनेको छ भने नेपालको राष्ट्रियता त्यति कमजोर छैन, तुरुन्तै मलाई हटाउन सकियोस् । कसैले नसोचे हुन्छ । कसैले हतारो नगरे पनि पनि हुन्छ ।’

प्रधानमन्त्री ओलीले आफुलाई पदमा बसिररहन मन नभएपनि राष्ट्रका लागि अनिवार्य भएको बताए । उनले भने, ‘प्रधानमन्त्रीको जिम्मेवारीमा बस्ने मन छैन । तर अहिले हट्ने हो भने भने गलत नजिर स्थापित हुन्छ । म हटुँला तर भोलि कोही नेपालको पक्षमा बोल्दा अर्को दिन हटने अबस्था हुन्छ । त्यसैले म आफ्नो लागि होइन देशका लागि, आजका लागि होइन भोलिका लागि प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुपर्छ ।’ नेपालले नक्सा जारी परे भारतसँग सम्बन्ध विग्रिएको र वार्ताका लागि वातवरण नभएका बेला प्रधानमन्त्रीको यस्तो भनाई आएको हो । कतिपयले भने पार्टीभित्र बढेको आक्रोशलाई मत्थर गर्न ओलीले यस्तो बोलेको आँकलन गरेका छन् । बुधबारदेखि सुरु भएको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष वा प्रधानमन्त्री पद छाड्न ओलीमाथि दबाब परेको थियो ।

प्रतिक्रिया दिनुहोस्