Logo
Logo

अब भ्रष्टाचार दिवस ?


1.5k
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना मूलतः भ्रष्टाचारीहरूलाई जेल कोच्नका लागि नै भएको हो । अख्तियारले भ्रष्टाचारीहरूलाई जेल कोच्न नसकेकै कारण देशमा भ्रष्टाचारीहरूको बिगबिगी बढेको हो ।

जबसम्म अख्तियारसँग भ्रष्टाचारीहरू डराउँदैनन् तबसम्म देशमा भ्रष्टाचारीहरूकै रजगज चल्छ । पञ्चायतकलामा दरबार भन्नासाथ भ्रष्टाचारीहरू थर्कमान हुन्थे । बहुदल आएपछि अख्तियारसँग अलिकति डर मान्न थालेका थिए । त्यतिबेला राजस्व समूहका भ्रष्टाचारीदेखि मन्त्रीसम्म जेल गए । गणतन्त्र आएपछि तिनै भ्रष्टाचारीहरू अख्तियारको प्रमुख आयुक्तदेखि आयुक्तसम्म हुन पुगे । अख्तियारकै इतिहासमा प्रमुख आयुक्तमाथि महाअभियोग लाग्यो, आयुक्तहरू भ्रष्टाचारमा मुछिए । यो भन्दा विडम्बना अरू के हुनसक्छ ?

अख्तियारले प्रत्येक माघ २८ गते स्थापना दिवस मनाउने गर्छ । हरेक दिवसमा राष्ट्रपति, प्रधानमन्त्रीदेखि अख्तियार प्रमुखले सुशासनका ठूला ठूला गफ हाँक्ने गर्छन् । विगत ३४ वर्षदेखि यो क्रम जारी छ, तर ट्रान्सपरेन्सीको तथ्यांकमा नेपाल भ्रष्टाचारमा उकालो लाग्दै छ । किनभने, अख्तियारका धेरै अधिकार कटौती गरिएको छ ।

बिचौलिया र माफियाहरूले देश सञ्चालन गरेका कारण कतिपय भ्रष्टाचारका प्रमाण फेला परेर पनि अख्तियारले कठालो समाउन सकेको छैन । बिचरा अख्तियार भन्छ– नीतिगत निर्णयको अनुसन्धान गर्ने अधिकार छैन । यस्तो अधिकारविहीन निरीह अख्तियारले सुशासन कायम गर्ला भनेर आम नागरिकले कसरी विश्वास गर्ने ?

अख्तियारमा सूर्यनाथ उपाध्याय आएपछि केही सुधारका संकेत देखापरेको थियो । त्यसले निरन्तरता पाएको भए आजसम्म सुशासनको पक्षमा धेरै सुधार हुन्थ्यो भन्नेहरूको आज पनि कमी छैन । तर तिनै सूर्यनाथ आज आएर ‘देश भ्रष्टाचारले चुर्लुम्मै डुब्यो, देशमा जताततै लुटैलुट छ । केही अपवादबाहेक सबै नेता, कर्मचारी भ्रष्ट छन् ।

जबसम्म अख्तियारसँग भ्रष्टाचारीहरू डराउँदैनन् तबसम्म देशमा भ्रष्टाचारीहरूकै रजगज चल्छ । पञ्चायतकलामा दरबार भन्नासाथ भ्रष्टाचारीहरू थर्कमान हुन्थे । गणतन्त्र आएपछि तिनै भ्रष्टाचारीहरू अख्तियारको प्रमुख आयुक्तदेखि आयुक्तसम्म बने । अख्तियारकै इतिहासमा प्रमुख आयुक्तमाथि महाअभियोग लाग्यो, आयुक्तहरू भ्रष्टाचारमा मुछिए । यो भन्दा विडम्बना अरू के हुनसक्छ ?

सबैको ध्यान अकूत सम्पत्ति कमाउनमै केन्द्रित छ । अर्थात्, दिनरात कसरी कुम्ल्याउने भन्ने चिन्तनमा छन् । यस्ताले देश बनाउँलान् भनेर कसरी आशा गर्ने ?’ भन्ने चिन्तामा छन् । पक्कै पनि देशलाई माया गर्ने, देशको उन्नति होस् भन्ने, देशमा सुशासन कायम होस् भन्ने सूर्यनाथहरुजस्ता पनि आजको परिस्थिति देखेर निराश हुनुपर्ने अवस्था छ ।

यो अवस्थाको सृजना राजनीतिक नेतृत्व र भ्रष्ट प्रशासकहरूले निम्त्याएका हुन् । त्यसैले सबैभन्दा पहिला नेतृत्व सुध्रिनुप¥यो । त्यसका लागि अख्तियारलाई बलियो बनाउनुपर्‍यो । अख्तियार बलियो भयो भने फेरि आफैँ जेल परिएला भन्ने डर पाल्नु भएन । आफूले भ्रष्टाचारै नगरेपछि अख्तियारको के को डर ? तर दुर्भाग्य देश त्यो बाटोमा अग्रसर हुनसकेको छैन ।

अख्तियारसम्बन्धी विधेयक संसद्मा थन्किएको छ । अख्तियारलाई कसरी कमजोर पार्न सकिन्छ भनेर संसदीय समितिहरूमा बहस हुने गरेको छ । कानुन बनाउने ठाउँमै भ्रष्टाचारी, बिचौलिया दलालहरू हाबी हुन्छन् भने एउटा प्रेम राईले चाहेर मात्र भ्रष्टाचार नियन्त्रण हुन्छ भन्ने सोच्नु मूर्खता हो ।

अख्तियारले सचिव, उपसचिव, गभर्नर र संस्थानका प्रमुखलाई टंगालमा बोलाएर पटकपटक निर्देशन दिने गर्छ । सचिवजस्तो विशिष्ट श्रेणीमा पुगेको, राष्ट्र बैंकको गभर्नरजस्तो पदमा पुगेको, भोलि तिनै ठाउँमा पुग्ने सहसचिवजस्तो जिम्मेवार व्यक्तिलाई सुशासनको पाठ सिकाउनु भनेको लज्जाजनक कुरा हो ।

कर्मचारीहरूले आफ्नो नैतिकता सम्झने हो भने भ्रष्टाचार नियन्त्रण हुनसक्छ । भ्रष्टाचार भनेको एक प्रकारको मानसिक रोगजस्तै भइसक्यो । २४ सै घण्टा दिमागले पैसा पैसा सोच्न थाल्यो भने दिमाग भ्रष्ट हुन्छ । त्यसैले मानवीय स्वभाव र आचरणमा पनि परिवर्तन ल्याउनु पर्छ । नभए अबदेखि सबै भ्रष्टाचारीहरूलाई टुँडिखेलमा भेला गराएर वर्षको एक दिन भ्रष्टाचार दिवस मनाए कसो होला ?

प्रतिक्रिया दिनुहोस्