काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले सहयोगी विकास बैंकलाई प्राप्ति गरेर आगामी २० गतेबाट एकीकृत कारोबार गर्ने भएको छ ।
बैकले गत जेठ २७ गते विशेष साधारणसभा गरी प्राप्ति गर्ने प्रस्ताव अनुमोदन गरो थियो । त्यसपछि अन्तिम स्वीकृति लिएर एकीकृत कारोबार गर्न लागेको हो ।
सहयोगीको १०० कित्ता सेयरलाई सिटिजन्स बैंकको ९१.७५ कित्ता सेयर दिएको छ । सहयोगी विलयपछि बैंकको निक्षेप ८७ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ । ऋण लगानी ७९ अर्ब ६२ करोड रुपैयाँ र शाखा संख्या १०८ वटा हुनेछ ।
बैंकको चुक्ता पुँजी ८ अर्ब ६२ करोड रुपैयाँ रहेकोमा सहयोगी विकास बैंक प्राप्तिपछिको चुक्ता पुँजी ९ अर्ब ८ करोड पुग्ने जनाइएको छ ।