Logo
Logo

अनलाइन कक्षाको नाममा शूल्क लिने शैक्षिक संस्थालाई कारवाही गर्ने अखिल क्रान्तिको चेतावनी


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौँ १६ असार। अनेरास्ववियु (क्रान्तिकारी)ले अनलाइन कक्षाको नममा नीजि शैक्षिक संस्थाहरुले शूल्क असुल्न विद्यार्थी र अभिभावकलाई दवाव दिन थालेको भन्दै आपत्ति जनाएको छ । विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले लकडाउनकै बीचमा नीजि शैक्षिक संस्थाहरुले भर्ना गर्ने, शूल्क असुल गर्न अभिभावकलाई पत्र पठाउन र शूल्न नतिरे अनलाइन कक्षाबाट हटाउने भन्दै दवाव दिएको भन्दै विरोध जनाएको छ ।

अखिल क्रान्तिकारीका उपत्यका क्षेत्रीय समन्वय समितिका संयोजक हर्कबहादुर बिकले मंगलबार विज्ञप्ति जारी गरेर लकडाउनका कारण जनजीवन सामान्य भइनसकेको अवस्थामा भर्ना लिने र शूल्क असुल्न कार्य तत्काल रोक्न शैक्षिक संस्थाहरुलाई आग्रह समेत गरेका छन् ।

“प्याब्सन र एन प्याब्सनको निर्देशनमा नीजि शैक्षिक संस्थाहरुले विद्यार्थी भर्ना गर्ने, शुल्क असुली गर्न अभिभावकलाई पत्र पठाउने र दवाव दिने, शूल्क नतिरे अनलाइन कक्षामा सहभागी नगराउने भन्दै विद्यार्थी र अभिभावकलाई तनाव सिर्जना दिने काम भइरहेको छ । यसप्रति हाम्रो सङ्गठन घोर बिरोध प्रकट गर्दै उक्त कार्य तत्काल बन्द गर्न कडा चेतावनी दिन चाहन्छ” बिकद्वारा जारी विज्ञप्तिमा भनिएको छ । त्यस्तै भर्ना नगर्न र शूल्क नतिर्न अभिभावकलाई अपील समेत गरेका छन् ।

अनलाइन कक्षाको नाममा शूल्क नलिन गरेको निर्देशनको नीजि शैक्षिक संस्थाहरुले बेवास्ता गरेको भन्दै अखिल क्रान्तिकारीले कडाईपूर्वक नियमको पालन गराउन सरकारसँग माग समेत गरेको छ । त्यसैगरी नाफाको हकदार आफू र लगानीको जिम्मेवारी अभिभावकको टाउकोमा थोपर्ने र संकटमा पनि न्यूतम मानवीय संवेदना  सामाजिक उत्तरदायित्व बहन नगर्ने शैक्षिक संस्थाहरुमाथि संगठकन आवश्यक कारवाही गर्ने संयोजक बिकले चेतावनी दिएका छन् ।

“नाफाको हकदार आफू र लगानीको जिम्मेवारी अभिभावकको टाउकोमा थुपार्ने निजि शैक्षिक संस्थाहरुको रबैया अत्यन्तै खेदजनक रहेको छ । तसर्थ सङ्कटको यस विषम् परिस्थितिमा समेत न्यूनतम मानवीय सम्वेदना र सामाजिक उत्तरदायित्व बहन नगर्ने शैक्षिक संस्था, शैक्षिक ब्यापारी, माफिया तथा नाफाखोरहरु माथि सङ्गठनको तर्फबाट  आवश्यक कार्बाही गरिने कुरा समेत जानकारी समेत गराउन चाहन्छौं” विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्