Logo
Logo

संकटमा ओली, मन्त्री र निकट नेतालाई बालुवाटार बोलाए


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १७ असार ।
पार्टीका शीर्ष नेता तथा अन्य स्थायी समिति सदस्यले राजिनामा मागेपछि प्रधानमन्त्री केपी शर्मा ओली संकटमा परेका छन्। मंगलबारको बैठकमा २६ जना स्थायी समिति सदस्यले उनको आलोचना गर्दै राजिनामा मागेका थिए ।


संकटमा परेपछि ओली मन्त्री र आफु निकट स्थायी समिति सदस्यहरुलाई छलफलका लागि बालुवाटार बोलाएका छन् । एक नेताका अनुसार अब कसरी अघि बढ्ने भन्ने छलफल गर्न बैठक बोलाइएको हो ।
अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायत एक ढिक्का भएर ओलीविरुद्ध लागेपछि उनी संकटमा परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्