Logo
Logo

मन्त्री योगेश भट्टराई भन्छन्– आज परिस्थती सही दिशामा मोडिने आशा छ


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १७ असार ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई जसरी पनि हटाउने अभियान सुरु भएपछि नेकपाभित्रको राजनीति तरंगित छ । प्रधानमन्त्री ओली निर्णयक शक्ति संघर्षमा छन् ।


बुधबार बिहानै मन्त्री र आफु निकट नेताहरुसँग छलफल गरिरहेका छन् । मन्त्रीहरुको भनाईले पनि सरकार साँच्चै संकटमा परेको देखाउँछ । पर्यटनमन्त्री योगेश भट्टराईले फेसबुक तथा ट्वीटरमा लेखेका छन्,‘सबै दिन राम्रै हुन्छन्, राम्रै मानिन्छन् । बुधवारलाई अली बढी राम्रो मान्ने नेपाली चलन् छ् । आज बुधवार, आशा छ परिस्थिती सहि दिशामा मोडिने छ । आशाबाद !

नेकपाभित्र नाटकीय रूपमा विकसित सत्ता–संघर्षलाई लिएर कृषिमन्त्री घनश्याम भुसालले पनि मध्यरातमा ट्विट गरेका छन् । मंगलबार राति १ बजेर ३ मिनेटमा नेता भुसालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रो जहाज महाभुमरीमा हेलिने अनिष्ट सम्भावना नजिकिन थाल्यो ! अर्थात्, हामी हरेकले फेरि एकपटक विवेक र धैर्यको परीक्षा दिनुपर्ने भयो ! नहडबडाएर, एकताबद्ध भएर यसको सामना गरिनेछ ।

पर्यटनमन्त्री भट्टराईले पार्टीभित्रको संघर्षलाई लिएर मंगलबार राति नै सामाजिक सञ्जालमा लेखेका छन्, ‘आदरणीय कमरेडहरू, एकपटक आफैँलाई हेरौं, अर्कालाई बुझौँ, टाढा नजाऔँ, नजिक आऊँ, संवाद गरौँ संवाद !’
पूर्वमन्त्री एवं नेकपा केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले लेखेका छन्, ‘एमालेमा कहिले पस्ने ? म त्यहीँ छु, जबजभित्रै छु । फरक केवल यही छ कि पार्टी नेकपा भएको छ, भयो होला नि उत्तर फेसो खोज्दै हिँड्नेहरूलाई ।’ उनको अर्को स्टाटस छ, ‘प्रधानमन्त्रीका कमजोरी होलान्, तर प्रधानमन्त्रीमाथिका हमलाहरू नियोजित डिजाइनका स्पष्ट शृंखला हुन् । बदनाम, आक्रमण र ध्वस्त । चरणहरू यिनै हुन् । बाँकी धैर्यतापूर्वक हेरौँ । अरूलाई पुर्ने खाल्डो खन्नेले आफ्ना लागि पनि खनिरहेकै हुन्छ ।’

यता गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार एवं नेकपा केन्द्रीय सदस्य सूर्य सुवेदीले लेखेका छन्, ‘उत्तेजना, आवेग र क्षणिक लाभहानि होइन । दीर्घकालीन हित र लक्ष्यलाई अगाडि राखेर एकताबद्ध भएर संश्लेषण गर्नु नै अहिलेको आवश्यकता हो ।’

प्रधानमन्त्रीसँग बुधबार बिहान भएको छलफलपछि मन्त्री भट्टराईले फेसबुकमा लेखेका छन्–

पार्टीभित्र देखिएका समस्याका बारेमा परामर्स गर्न स्थायी कमिटीका साथीहरुलाई अध्यक्ष तथा प्रम कमरेड केपी ओलीले आज बिहान बोलाउनु भयो । बाँकी नेता र सदस्यहरुसँगै पनि परामर्स गर्ने प्रमले बताउनु भयो जुन सकारत्मक् छ । सहभागिहरुले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउन्, अन्तरबिरोधको समाधानका लागि पहल गर्न, इतिहास् र नेपाली जनताले दिएको जिम्मेवारीलाई पुरा गर्दै पार्टीलाई थप नयाँ जगमा अझ सुद्रिढ र एकताबद्ध बनाउन, विश्वाशको संकटलाई अन्त्य गरी हार्दिक र कमरेड्ली भावनाको बिकास गर्न प्रमलाई सुझाब दिनुभएको छ । चिज साकारत्मक दिशामा जाने आशा गरौ । प्रोक्सी वार बन्द गरौ ।

प्रतिक्रिया दिनुहोस्