Logo
Logo

बाजुरामा ५ जना स्वास्थ्यकर्मीले जिते कोरोना


नन्दा थापा

0
Shares

  • नन्दा थापा

बाजुरा, १७ असार । जिल्लामा ५ जना स्वास्थ्यकर्मिले कोरोना जितेका छन् । बडिमालिका नगरपालिका नगरपालिकाका ४ जना स्वास्थ्यकर्मि र स्वास्थ्य कार्यलय बाजुराका १ जना स्वास्थ्यकर्मि गरि ५ जनाले कोरोना जितेका हुन् ।
पाँच जना स्वास्थ्यकर्मिको दोस्रो रिपोर्ट कोरोना नेगेटिभ आएपछि उनीहरुले कोरोना जितेका छन् । ५ जना स्वास्थ्यकर्मीलाई होटलको आइसोलेसनमा राखिएको थियो । योभन्दा पहिला अस्पतालको कोरोना पोजेटिभ एक १९ बर्षीय स्वास्थ्यकर्मीले पनि कोरोना जितेकी थिइन् ।
कोरोना जितेका ५ जना स्वास्थ्यकर्मीको जेठ १९ गते स्वाब संकलन गरिएको थियो । ४ गते कोरोना पोजेटिभ आएको थियो । दोस्रो जाँच नेगेटिभ आएको बडिमालिका नगरपालिकाका स्वास्थ्य संयोजक टेकबहादुर खड्काले बताए । बाजुरामा ७ जना स्वास्थ्यकर्मी संक्रमितमध्ये ६ जना निको भइसकेका छन् भने १ जना आइसोलेसनमा रहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्