काठमाडौं,१७ असार ।
पछिल्लो २४ घन्टामा चार सय ८२ जनाका कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिएकामध्ये आठ जना उपत्यकाका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा ४ हजार ६ सय ५६ जना डिस्चार्ज भएका छन् । नेपालमा ३० जनाको मृत्यु भएको छ । हाल नौ हजार तीन सय ६० जनाको उपचार भइरहेको छ ।
नेपालमा दुई लाख ३३ हजार २ सय २७ जनाको पिसिआर प्रविधिबाट परीक्षण गरिएको छ ।
नेपालमा बालबालिकामा कोरोना संक्रमण बढेको छ । हालसम्म दुई हजार ८१ जना १८ वर्ष मुनिका बालबालिकामा संक्रमण भएकाले बिशेष ख्याल गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।