Logo
Logo

अफगानिस्तानका राष्ट्रपतिका सल्लाहकारको कोरोनाबाट मृत्यु


- दृष्टि न्युज/संवाददाता

0
Shares

काबुल, २० असार (एजेन्सी) । अफगानिस्तानका राष्ट्रपतिका आर्थिक विकास, व्यापार तथा गरिबी नियन्त्रणमामिला विशेष सल्लाहकार मोहम्मद यूसुफ गाजनफारको कोभिड–१९ संक्रमणका कारण मृत्यु भएको राष्ट्रपतीय कार्यालयद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
गजानफारको शुक्रबार टर्कीको एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनलाई हालै कोरोना भाइरस संक्रमण भएको र स्वदेशमा उपचार सम्भव नदेखिएपछि टर्की लगिएको थियो ।
अफगानिस्तानमा गत फेब्रुअरीमा पहिलो पटक कोभिड–१९ संक्रमण पुष्टि भएको र शनिबारसम्ममा ३२ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । अफगानिस्तानमा कोभिड–१९ संक्रमणका कारण ८१९ व्यक्तिको मृत्यु भएकोे छ ।

प्रतिक्रिया दिनुहोस्