काठमाडौं, २० असार ।
पछिल्लो २४ घन्टामा नेपालमा दुई सय ३२ संक्रमित थमिएका छन् । कुल संक्रमितको संख्या १५ हजार चार सय ९१ जना छन् ।
डिस्चार्ज हुनेको संख्या ६ हजार चार १५ पुगेको छ । नेपालमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । गोरखा र रुपन्देहीका बिरामीको मृत्यु भएको हो । रुपन्देहीका बिरामीको काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
गोरखामा मृत्यु भएका व्यक्ति केही दिनअघि कतारबाट आएका थिए भने शिक्षण अस्पतालमा मृत्यु भएका व्यक्ति क्षयरोगका रोगी भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।