Logo
Logo

‘सेक्मुरी’मा लक्ष्मी योङहाङको इन्ट्री, घुर्रविसे पञ्चमी आसपासमा छायाँकन हुँदै


19k
Shares

काठमाडौं । चलचित्र ‘सेक्मुरी’मा अभिनेत्री तथा मोडल लक्ष्मी योङहाङको इन्ट्री भएको छ । यसअघि चलचित्रको मुख्य नायिकामा बबिता फोम्बो अनुबन्धित भएकी थिइन् । तर, विशेष कारण बबिताले समय दिन नभ्याएपछि उनको स्थानमा लक्ष्मीलाई लिइएको निर्माणपक्षले जनाएको छ ।

लिम्बुनी फिल्म्सको ब्यानरमा सुर्यप्रकाश चेम्जोङको लेखन तथा निर्देशनमा लिम्बू भाषामा निर्माण भइरहेको ‘सेक्मुरी’को अहिले इलाम र पाँचथरको बोर्डर घुर्रविसे पञ्चमी क्षेत्रको आसपासमा छायाँकन भइरहेको छ । निर्देशक चेम्जोङमा अनुसार हालसम्म १ण् प्रतिशत छायाँकन सकिएको छ ।

यो चलचित्र पुस २३ गतेबाट छायाँकन गर्ने बताइएको थियो । तर, विविधि कारणले छायाँकन सुरु गर्न ढिलाई भएको निर्देशक चेम्जोङले बताए । पाँचथर, इलाम, काठमाडौं र हङकङमा समेत छायाँकन हुने भनिएको ‘सेक्मुरी’मा रविनकुमार नाल्बो, चन्द्रकला नेम्बाङ, पूर्ण सेलिङ, घनेन्द्रराज फियाक, माया तामाङ र सुनाहाङ जबेगु निर्माण रहेको छ ।

‘मरेको मान्छेले सम्मान पाउनुपर्छ र प्रेमले जीवित या मृत आत्म उत्तिकै सम्बन्ध राख्छ’ भन्ने ‘सेक्मुरी’को मुख्य अवधारणा रहेको रहेको निर्देशक चेम्जोङले बताए । यस चलचित्रमा अब लक्ष्मी योङहाङका अलावा प्रेम सुब्बा, सागर केरुङ, नरेश वनेम, पबी तेम्बे, पूर्ण सेलिङ, याम नेयोङ, इन्दु तुम्सा, सीता राई, रिहा लिम्बू, डिआर हाङसरुम्बा, अल्का चोङबाङ, जानुका लिम्बु लगायतको पनि मुख्य अभिनय रहने भएको छ ।

युवराज राईको छायांकन, यासेली योङहाङको गीत, अशोक मुकारुङको संगीत, साहिल खानको सम्पादन, दिनेश माङमु र महेश्वर सम्बाहाम्फेको सह–निर्देशन रहने ‘सेक्मुरी’को प्राविधिक निर्देशकका रुपमा रवी शेर्मा रहेका छन् । यो चलचित्रको अनुमानित बजेट ७५ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्