Logo
Logo

समीक्षा र विश्वले ल्याए ‘आयो रे आयो हाप्पी होली’ (भिडियो)


819
Shares

काठमाडौं । फागू पूर्णिमा अर्थात होली पर्व नजिकिँदै गर्दा त्यससँग सम्बन्धीत गीतहरु बजारमा आउन थालेको छ । यसैक्रममा समीक्षा र विश्व चौधरीको स्वरमा होली गीत ‘आयो रे आयो हाप्पी होली’को भिडियो सार्वजनिक भएको छ ।

थारू समुदायमा होली अर्थात धुरहेरी र होली पर्वको आफ्नै ऐतिहासिक, धार्मिक र सांस्कृतिक पक्ष रहेको छ । हिन्दुहरुको महत्वपूर्ण पर्व मध्य फागु पूर्णिमा पनि एक हो । सार्वजनिक यस होली गीत ‘आयो रे आयो हाप्पी होली’मा यसैलाई दर्साइएको छ ।

उपेन्द्र ‘अबिरल जिज्ञासु’ र विश्व चौधरीको शब्द तथा संगीत रहेको यस गीतमा रेकर्डिस्ट एसबी मुस्कान, मिक्सिङ र मास्टरिङ चन्द्र चौधरीको रहेको छ । यस गीतको भिडियोमा देव महतो र ममता चौधरीले मोडलिङ गरेका छन् । छायांकन विक्रमे, सम्पादन र कलरिङ सुरज महतोको रहेको यस भिडियोलाई हिरा चौधरीले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्