Logo
Logo

‘सरकार ढाल्न पाइँदैन’ भन्दै प्रधानमन्त्रीको पक्षमा प्रदर्शन


- दृष्टि न्युज/संवाददाता

0
Shares

टीकापुर २२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा कैलालीको टीकापुरमा प्रदर्शन भएको छ । भारतीय चलखेलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुबाटै केपी शर्मा ओली नेतृत्वको सरकारलाई ढाल्न खोजिएको भन्दै टीकापुरको खड्ग चोकमा प्रदर्शन भएको हो ।
प्रधानमन्त्री ओली पक्षका उत्रिएका युवा, विद्यार्थी र सर्वसाधारणहरुले ‘राष्ट्र नायक केपी ओली जिन्दावाद’, ‘भारतीय विस्तारवाद मुर्दावाद’ भन्दै नारा लगाए ।
‘अस्थिरता चाहिँदैन सरकार ढाल्न पाइदैन भन्दै’ प्रदर्शनकारीहरुले खबरदारी नेकपा नेतृत्वलाई गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीजस्तो देशभक्त र राष्ट्रवादी नेताको पक्षमा उभिन सम्पूर्ण देशवासीलाई आव्हान गरे ।
देशीरविदेशी शक्तिको षडयन्त्रमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केही नेताहरु लागेकाले खबरदारी गर्न स्वतस्फूर्त रुपमा प्रदर्शनमा उत्रिनु परेको सहभागिहरुले बताए ।
भारी बर्षातका बावजुद पनि कालापानी, लिपुलेक, लिम्पुयाधुरा र प्रधानमन्त्री ओलीको फोटो सहितको ब्यानर बोकेका हजारबढी युवा विद्यार्थी र सर्वसाधारण प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनमा नेकपा निकट विद्यार्थी र युवा बढी थिए ।


टीकापुरको खड्ग चोकबाट सुरु भएको र्याली नेपालको झण्डा सहित बजार परिक्रमा गरी अस्पताल रोड हुदै खड्ग चोकमा सभामा परिणत भएको थियो । सभालाई नागरिक अगुवा सम थापाले सम्बोधन गरेका थिए । प्रधानमन्त्री ओलीका पक्षमा हालसम्म भएका प्रदर्शन मध्ये यो सबैभन्दा ठुलो भएको दाबी गरिएको छ ।
यसअघि काठमाडौं, चितवन, बुटवल, पोखरा, झापा लगायतका सहरमा पनि प्रधानमन्त्री ओलीका समर्थकहरुले प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्