Logo
Logo

डोमिनिकनमा राष्ट्रपतीय निर्वाचन : १६ वर्षे शासन ढाल्दै अबिनादर निर्वाचित


- दृष्टि न्युज/संवाददाता

0
Shares

Luis Abinader, presidential candidate of the opposition Modern Revolutionary Party, greets the crowd while he is surrounded by journalists at a voting center during the presidential elections, in Santo Domingo, Dominican Republic, Sunday, July 5, 2020. (AP Photo/Tatiana Fernandez)

सान्तो डोमिंगो, २२ असार (एएफपी) । क्यारेबियाली मुलुक डोमिनिकन रिपब्लिकको राष्ट्रपतिमा विपक्षी नेता लुइस अबिनादर विजयी भएका छन् ।

क्यारेबियाली मुलुकमा विगत १६ वर्षदेखि लगातार शासन गरेको डोमिनिकन लिबरेसन पार्टी (पिएलडी) यसपटक पराजित भएको छ । पिएलडीका तर्फबाट लगातार दोस्रोपटक गोन्जालो कास्टिल्लो राष्ट्रपतिका उम्मेदवार थिए । राष्ट्रपतिका लागि यसपटक ६ जनाको उम्मेदवारी परेको थियो ।

राजधानी सान्तो डोमिंगोस्थित पार्टी कार्यालय बाहिर भेला भएका समर्थकहरुलाई सम्बोधन गर्दै ५२ वर्षीय अबिनादरले भने, ‘हामीले चुनाब जितेका छौँ, तर हामीलाई चुनावमा विजयी गराउने जनतालाई हामीले कहिल्यै भुल्नु हुँदैन ।’

उनका मुख्य प्रतिद्वन्द्वी कास्टिल्लोले चुनावमा आफू पराजित भएको स्वीकार गरेका छन् । केन्द्रीय चुनाव आयोगका अनुसार करिब ६० प्रतिशत मतगणना भइसक्दा अबिनादरले करिब ५३ प्रतिशत मत प्राप्त गर्नु भएको छ । कास्टिल्लोले भने ३७ प्रतिशत मात्र मत प्राप्त गरेका छन् ।

यस पटकको चुनावमा केही स्थानमा सत्तारुढ पार्टी र विपक्षी कार्यकर्ताबीच सामान्य झडप भएका छन् । राजधानीस्थित एक मतदान स्थलबाहिर दुबै पक्षका कार्यकर्ताबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर एक व्यक्तिको मृत्यु भएको छ ।

कोरोनाभाइरसका कारण मुलुक लकडाउनको अवस्थामा रहे पनि चुनाव सम्पन्न भएको छ । वर्तमान राष्ट्रपति डानिलो मेडिनाले लकडाउनका कारण पूर्व निर्धारित मितिभन्दा झण्डै एक महिनापछि मात्र चुनाव गराएको हो ।

प्रतिक्रिया दिनुहोस्