Logo
Logo

सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित


1k
Shares

धनगढी । सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चितकालका लागि बैठक स्थगित भएको छ । प्रदेशसभा बैठकमा विपक्षी दलहरूले अवरोध गरेपछि सभामुख भीमबहादुर भण्डारीले अनिश्चितकालका लागि बैठक स्थगित गरेका हुन् ।

प्रदेश सरकारले नीति तथा योजना आयोग र सल्लाहकार भन्दै अनावश्यक दरबन्दी थपेर आर्थिक भार बढाएको भन्दै विपक्षी दलले सभामा अवरोध गरेका हुन् ।

सभामुख भण्डारीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र सांसदले अनावश्यक रूपमा सिर्जना गरिएका नियुक्ति सच्याउनुपर्ने माग गरेका छन् ।

विपक्षी दलकातर्फबाट बोल्दै एकीकृत समाजवादीका प्रदेश सभा नरेशकुमार शाहीले नीति तथा योजना आयोग र सल्लाहकार भन्दै गरिएका नियुक्ति खारेज हुनुपर्ने बताए ।

शाहीले सरकारले फजुल खर्च बढाउने काम गरेको भन्दै उनले नसच्याएसम्म बैठक अघि बढ्न नसक्ने चेतावनी दिएका छन् ।

विपक्षी दलको अवरोधपछि प्रदेश सभाको बैठक स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्