
काठमाडौं । चार देशीय महिला टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले आज युगाण्डासँग प्रतिस्पर्धा गर्दैछ । खेल युगाण्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समय अनुसार अपराह्न पौने ५ बजे सुरु हुनेछ ।
हालसम्म खेलेका चारमध्ये तीन खेलमा पराजित भएको नेपालका लागि आजको खेल जित्नैपर्ने दबाब छ । शीर्ष २ मा परेर फाइनल खेल्ने सम्भावना कायमै राख्न नेपाललाई जितको विकल्प हुनेछैन ।
नामिबियासँग दुई र हङकङसँग एक हार भोगेको नेपालले युगाण्डालाई हराएको थियो । अब नेपालले चैत १ गते हङकङविरुद्ध खेल्ने तालिका रहेको छ । यस अघि तिन खेलमा हार व्यहोरीसकेको नेपाल सामु आजको खेल जिन्नैपर्ने जबाब छ ।
नेपाली टोलीमा इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, पुजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, सना प्रवीन, रोमा थापा, राजमती ऐरी, रचना चौधरी र ईश्वरी विष्ट रहेका छन् ।