Logo
Logo

सुध्रिएला नेपाल–भारत सम्बन्ध ?


- रमेश घिमिरे (स्वतन्त्र पत्रकार)

0
Shares

– रमेश घिमिरे (स्वतन्त्र पत्रकार)

नेपालले सन् १८१६ मा तत्कालीन इस्ट इण्डिया कम्पनीसँग गरेको सुगौली सन्धिअनुसार लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र आफ्नो भूमि भएको भन्दै ती भूगोल समेटेर नयाँ नक्सा जारी गरेपछि नेपाल–भारत सम्बन्ध चिसिएको छ । दुई छिमेकीबीच अहिले लगभग संवादहीनताको स्थिति छ ।

यहाँनेर ध्यान दिनुपर्ने कुरा के छ भने, नेपाल–भारतबीचको सम्बन्ध दुई देशका राजनीतिज्ञहरूले बनाएका होइनन्, यो त आदिअनादिकालदेखि रहीआएको शाश्वत सम्बन्ध हो । यो सम्बन्ध पशुपति– विश्वनाथ, मुक्तिनाथ–तिरूपतिभन्दा पनि प्राचीन हो । भारत विभिन्न कालखण्डमा कहिले मुगल साम्राज्य शासनको अधीनमा रह्यो भने, कहिले अंग्रेज शासकको अधीनमा रह्यो । तर, हाम्रा पूर्वजहरूले हाम्रो मुलुकलाई बहादुरीका साथ लडेर कुनै पनि विदेशी शासकहरूलाई हाम्रो भूमिमा पस्न दिएनन् । त्यसैले नेपालमा स्वतन्त्रता दिवस मनाइँदैन ।

प्रधानमन्त्री ओलीले के कुरा बिर्सनु हुँदैन भने नेपाली जनताको आफ्नो राष्ट्रप्रतिको जुन अगाध माया छ, त्यसको प्रतिनिधित्व ओलीले गरेको हुनाले उनलाई निःशर्त समर्थन गरेका हुन् । ओली भन्ने थरलाई समर्थन गरेका होइनन् । हालको वर्तमान राजनीतिक परिदृश्यमा नेपालको पूर्ण नक्सा संविधानमा समाविष्ट गर्दा सम्पूर्ण नेपाली जनता र विपक्षी दलले साथ दिएकै हुन् । तर हाल आएर उनले यसैलाई आफ्नो कुर्सी बचाउने साधनको रूपमा प्रयोग गर्न थालेका छन् । जसले गर्दा उनले विगतमा कमाएको छवि धुमिल हुन पुगेको छ ।

भारतका राजनीतिज्ञÞ र कर्मचारीतन्त्रमा आफूहरु धेरै लामो समयसम्म विदेशीको दास भएर बसेको अनुभव छ । त्यही भएर नेपाललाई पनि आफ्नो दास बनाउने मानसिकता उनीहरुले पालेका कारण नेपाल–भारत सम्बन्ध यस्तो अवस्थामा पुगेको हो । नेपाल–भारत सम्बन्धलाई बलियो बनाउने हो भने यो सोचमा परिवर्तन गर्नुपर्छ । छिमेकी नीतिलाई प्राथमिकतामा राख्नुपर्छ । हरेक समस्याको वार्ता, संवादबाटै समाधान खोजिनुपर्छ । नभए द्वन्द्वले दुवैलाई हानी पु¥याउँछ । त्यसमाथि सीमा विवादले अन्त्यहीन द्वन्द्व निम्त्याउने खतरा हुन्छ । त्यो अवस्था आउन नदिन दुवै देश समयमै गम्भीर हुनुपर्छ ।

यसै सन्दर्भमा नेपाल र भारतका सेनाबीच पनि गहिरो मित्रता रहेको छ । दुवै देशका सेना प्रमुखलाई सन् १९५० को दशकदेखि नै एकअर्काको देशका मानार्थ सेना प्रमुखको उपाधि दिने गरिएको छ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले सन् २०१९ को जनवरीमा भारतीय सेनाको मानार्थ महारथीको उपाधि ग्रहण गरेका थिए । यसैबीच भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेको वैशाख २२ देखि २५ गतेसम्म हुने भनिएको नेपाल भ्रमण अनिश्चित्त भएको छ । नेपालको बारे भारतीय सेनापति नरवाणेले सीमा विवादबारे अनावश्यक टिप्पणी गरेपछि उनी विवादमा आएका छन् । दुई देशको सम्बन्धमा सेनापतिको उपस्थिति राम्रो संकेत होइन । त्यसमाथि भूमि, सीमासम्बन्धी विवाद भनेको लामो समयसम्म चल्ने प्रक्रिया हो । यसको समाधान वार्ता र कूटनीति माध्यम नै हो । त्यसलाई निरन्तरता दिने बेला प्रधानमन्त्री ओली आफैँले भारतमाथि दोष थोपरे पार्टीभित्र अनावश्यक विवाद खडा गरेका छन् । नक्सा जारी गर्नु मात्र ठूलो कुरा होइन, भूमि फिर्ता गर्नु ठूलो कुरा हो । भारतप्रति प्रधानमन्त्रीको कडा शब्दले वार्ताको वातावरण थप अनिश्चित हुने पक्का छ ।

तर दुर्भाग्य, प्रधानमन्त्री ओलीले आफ्नो सत्तास्वार्थका लागी नेपाली जनताको राष्ट्रप्रतिको अगाध आस्थाको दुरूपयोग गर्न थालेका छन् । प्रधानमन्त्रीले आफूविरुद्ध अविश्वास प्रस्ताव आउने भयले हठात प्रमुख विपक्षी दल र सभामुखको राय नलिइ संसद्को वर्षे अधिवेशन अन्त्य गराएका छन् । यसरी उनले लोकतान्त्रिक व्यवस्थाको मूल्य र मान्यताको उपहास गरेका छन् । यस्तै सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी स्थायी कमिटीका बहुमत सदस्यले गरेको निर्णयलाई लत्याएर पार्टी विखण्डनतर्फ धकेलेका छन् ।

सन् २०१५ मा नेपालको संविधानसभाले नेपालको संविधान जारी गर्न लाग्दा त्यतिबेलाका भारतका विदेशसचिव एस जयशंकरले (हाल विदेशमन्त्री) नेपाल आएर संविधान जारी नगर्न दिएको दबाबका विरुद्ध उभिएर प्रधानमन्त्री ओलीले नेपालको संविधान जारी गरेर नेपाली जनताको सार्वभौमसत्ताको रक्षा गरेका थिए । त्यसपछि भारत क्रुद्ध भएर नेपालमाथि छ महिनासम्म आर्थिक नाकाबन्दी लगाएको थियो । त्यसबेला नेपाली जनताले आफूले ठूलो दुःखकष्ट सहेर भए पनि प्रधानमन्त्री ओलीको यस कदमको दृढतापूर्वक समर्थन गरेका थिए ।

त्यसलगत्तै प्रधानमन्त्री ओली चीन भ्रमणमा गएर चीनसँग पारवहन, व्यापार तथा वाणिज्य सम्झौता गरेका थिए । यी सम्झौताले गर्दा नेपाल भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुक हुन पुग्यो । ओलीको यस कदमलाई पनि नेपाली जनताले खुला हृदयले स्वागत गरे । यहाँनेर प्रधानमन्त्री ओलीले के कुरा बिर्सनु हुँदैन भने नेपाली जनताको आफ्नो राष्ट्रप्रतिको जुन अगाध माया छ, त्यसको प्रतिनिधित्व ओलीले गरेको हुनाले उनलाई निःशर्त समर्थन गरेका हुन् । ओली भन्ने थरलाई समर्थन गरेका होइनन् । हालको वर्तमान राजनीतिक परिदृश्यमा नेपालको पूर्ण नक्सा संविधानमा समाविष्ट गर्दा सम्पूर्ण नेपाली जनता र विपक्षी दलले साथ दिएकै हुन् । तर हाल आएर उनले यसैलाई आफ्नो कुर्सी बचाउने साधनको रूपमा प्रयोग गर्न थालेका छन् । जसले गर्दा उनले विगतमा कमाएको छवि धुमिल हुन पुगेको छ ।

अहिलेको नेकपा पार्टी ओली वा प्रचण्ड एक्लैले आ– आफ्नो स्वार्थपूर्ति गर्न बनाएका होइनन् । यसमा लाखाँै नेता÷कार्यकर्ता र मतदाताको योगदान रहेको छ । यो कुरालाई ओली र प्रचण्डले समयमै बुझ्न सकेनन् भने अर्को चुनावमा यी दुवैलाई जनताले धुलो चटाउने छन् । नेपाली जनताले विश्वास गरेकै कारण आज राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्री र समग्रमा देशको तालाचाबी नेकपाको हातमा छ । पार्टी फुटे वा विग्रह कायमै रहे, अब नेताहरुको त्यो हैसियत रहन सक्तैन । देश पुनः अस्थिरता र अराजकता निम्तने छ । तसर्थ यस्तो परीस्थितिमा मिलेर जानुको विकल्प छैन ।

जहाँसम्म भारत–नेपाल सम्बन्धको कुरा छ भारतसित हाम्रो बहुआयामिक सम्बन्ध भएको हुनाले चीनसँग त्यस्को तुलना हुन सक्दैन । सीमा विवादले गर्दा भारतसँगको अरू सम्बन्धमा असर पर्नु हुँदैन । सीमा विवादलाई शान्त कूटनीतिको माध्यमबाटै समाधान खोज्नुपर्दछ । छिमेकीहरूबारे टिप्पणी गर्दा कूटनीतिक मर्यादालाई बिर्सनु हुँदैन । झन् प्रधानमन्त्रीले टीप्पणी गर्दा त झन् विशेष ख्याल राख्नु पर्दछ । किनभने छिमेकीलाई बदल्न सकिँदैन ।

Twitter : @rmshghimire

प्रतिक्रिया दिनुहोस्