Logo
Logo

अभिनेत्री नीति शाह फुरुंग


252
Shares

काठमाडौं । मोडलिङ हुँदै फिल्मी अभिनयमा होमिएकी नीति शाह यतिखेर फुरुंग छिन् । किनभने, फिल्म ‘नरसिंहाः अवतार’बाट आफ्नो करिअर अझै चक्किनेमा उनी ढुक्कछिन् ।

फिल्म ‘नरसिंहाः अवतार’ आगामी चैत्रको २९ गतेबाट रिलिज हुँदैछ । हाल उनी यसै फिल्म केन्द्रित प्रचारमा छिन् । यसअघि ४ वटा फिल्म साइन गरेर पनि कुनै नबन्दा दिक्क भएकी नीति ‘नरसिंहाः अवतार’ले भने आफ्नो अवतार नै फेरिने अपेक्षा उनको छ ।
त्यसो त नीति पछिल्लो समय नाम चलेका स्टार र ब्यानरसँग जोडिरहेकी छन् । उनका लागि फिल्महरु पनि धमाधम बन्दै छ । फिल्म ‘नरसिंहाः अवतार’मा नीति अभिनेता राजेश हमालसँग देखिँदैछिन् ।

यस्तै, नीति हाल फिल्म ‘मोहर’को छायांकनमा पनि व्यस्त छिन् । साथै, ‘रुखान’ नामक फिल्ममा पनि उनले साइन गरिसकेकी छन् । एकपछि अर्को फिल्ममा व्यस्त रहेकी नीतिका लागि अहिले भाग्य नै खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्