Logo
Logo

यौन दुर्व्यवहारको आरोपमा सशस्त्रका सई पक्राउ


4.9k
Shares

महोत्तरी । सशस्त्र प्रहरी नायब निरीक्षक (सई) यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् ।

प्रहरीका अनुसार महोत्तरीको रेल्वे स्टेशनस्थित सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्पमा कार्यरत सई धर्मेन्द्र महतो यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका हुन्।

प्रहरीका अनुसार महतोमाथि १० वर्षीया बालिकालाई यौनदुर्व्यवहार गरेको आरोप छ । मर्निङवाकमा जाँदा महतोले अश्लिल शब्द बोलेको र सोही घटनालाई लिएर दिउँसो बालिकाका बुवा सोधपुछ गर्न सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्पमा पुगेका थिए ।

पछि विवादले उग्ररुप लिँदै गएपछि स्थानीयले नाराबाजी गर्दै कारबाहीको मागसहित बेस क्याम्प घेराउ गरेका थिए । स्थानीयले कारबाहीको माग गरेपछि आरोपित महतोलाई सशस्त्र प्रहरीले नै पक्राउ गरेर अनुसन्धानका लागि जनपद प्रहरीलाई बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्