पाल्पा । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले पूर्वविशिष्टलाई सुविधा थप्ने सरकारको कुनै तयारी नभएको बताएका छन् ।

शनिबार नेपाल पत्रकार महासंघ पाल्पाले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उपप्रधानमन्त्री सिंहले सरकारले पूर्वविशिष्टलाई सुविधा थप्ने तयारी नगरेको बताएका हुन् ।
उनले भने, ‘पूर्वविशिष्टलाई सुविधा थप्ने गरी सरकारले गृहकार्य अघि बढाएको छैन । सुविधा थप्ने सरकारको मनसाय छैन ।’ उपप्रधानमन्त्री सिंहले वर्तमान सरकार आर्थिक समृद्धि र विकासमा केन्द्रित रहेको र सोही अनुसार काम अघि बढाएको पनि बताए ।
राजनीतिक स्थिरता नभई विकासको कामले गति लिन नसक्ने भएकाले अहिले कांग्रेस, एमालेसिहतका दलहरू मिलेर सरकार बनाएको भन्दै उनले जनताको जीवन र जीविका सहज बनाउनु नै सरकारको प्राथमिकता रहेको बताए । उनी आज गुल्मी क्षेत्र नं १ को क्षेत्रीय सम्मेलनमा सहभागी हुँदैछन् ।