Logo
Logo

यी ४३ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने तयारी (सूचीसहित)


4.9k
Shares

काठमाडौं । अमेरिकाले रसियासहित ४३ देशका नागरिकलाई यात्रा प्रतिबन्ध लगाउने तयारी गरेको छ । ट्रम्प प्रशासनका अधिकारीहरूले त्यसमा गृहकार्य गरिरहेको ‘द न्युयोर्क टाइम्स’ले उल्लेख गरेको छ ।

अबरमा बताइएअनुसार ट्रम्प प्रशासनले यात्रा प्रतिबन्ध लगाइने ४३ देशको सूची तयार गरेको छ । प्रस्तावित सूची विदेश विभागका अधिकारी तथा अन्य विभाग र गुप्तचर एजेन्सीहरूका सुरक्षा विशेषज्ञहरूले मस्यौदाको समीक्षा गरिरहेको समाचारमा उल्लेख छ ।

ती देशहरुलाई यात्रा प्रतिबन्ध लगाउनुपर्ने कारण बताइएको छैन । तर, तयार पारिएको सूचीमा विवरण पर्याप्त छ वा छैन भन्ने विषयको पुनरावलोकन भइरहेको समाचार जनाइएको छ । सूचीअनुसार लागू भए ४३ देशका नागरिकले अमेरिका यात्रा गर्न पाउने छैनन् । यद्यपि, उक्त सूचीलाई रातो, सुन्तला र पहेँलो गरी तीन भागमा विभाजन गरिएको छ ।

रातो सूचीमा परेका देशका नागरिकहरुलाई पूर्णरूपमा यात्रा प्रतिबन्ध लगाइने ट्रम्प प्रसाशनले जनाएको छ । यस्तै, सुन्तला रङको सूचीमा रहेका देशहरूमा आंशिक प्रतिबन्ध लगाइनेछ भने पहेँलो सूचीमा रहेका देशहरूलाई सुरक्षा लगायतका मापदण्ड पूरा गर्नका लागि ६० दिनको समय दिइएको न्युयोर्क टाइम्सले जनाएको छ ।

विवरणअनुसार रातो सूचीमा ११ देश परेका छन् । जसमा अफगानिस्तान, भुटान, क्युबा, इरान, लिबिया, उत्तर कोरिया, सोमालिया, सुडान, सिरिया, भेनेजुयला र यमन परेका छन् ।

यस्तै, सुन्तला रङको सूचीमा बेलारूस, इरिट्रिया, हाइटी, लाओस, म्यानमार, पाकिस्तान, रसिया, सियर्रा लियोन, दक्षिण सुडान र तुर्केमेनिस्तान रहेका छन् ।

यसैगरी, पहेलो सूचीमा एंगोला्, एन्टिगुआ एन्ड बार्बुडा, बेनिन, बुर्किना फासो, क्यामरून, केप भर्डे, चाड, रिपब्लिक अफ कंगो, डेमोक्र्याटिक रिपब्लिक अफ कंगो, डोमिनिका, इक्वेटोरियल गुयना, गाम्बिया, लाइबेरिया, मलवी, माली, माउरीटानिया, सेन्ट किट्स एन्ड नेविस, सेन्ट लुसिया, साओ टोम एन्ड प्रिन्सिप, भानुआटा र जिम्बावे रहेका छन् ।

गत जनवरीमा ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि सुरक्षा जाँच प्रक्रियामा कमजोर देशहरूको सूची तयार गर्न कार्यकारी आदेश जारी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्