Logo
Logo

सर्लाहीमा एक युवा मृत र अर्का घाइते अवस्थामा भेटिए


504
Shares

काठमाडौं । सर्लाहीको बसवरियामा एक जना युवा मृत र अर्का एक घाइते अवस्थामा भेटिएका छन् । नयारोड–मधुवनी सडकखण्डअन्तर्गत बसवरिया गाउँपालिका–३, धन्कौल जाने नहरको बाटोमा बसवरिया गाउँपालिका–२, बस्ने २५ वर्षीय राजीव पासवान मृत अवस्थामा भेटिएका हुन् ।

सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले मुख र टाउकोमा चोट लागेर घाइते भएको अवस्थामा सोही स्थानका २० वर्षीय धनञ्जय यादवको उद्धार गरिएको जानकारी दिए । घाइते यादवको बरहथवास्थित स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारको लागि वीरगञ्ज पठाइएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए ।

घटनास्थलबाट प्रहरीले मोटरसाइकलको सिट, भाइजर, हेडलाइट फेला पारेको भए पनि दुर्घटनाको कारण वा साधनको पहिचान हुन सकेको छैन । घटना शङ्कास्पद देखाएकाले प्रहरीको प्राविधिक टोलीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राईले बताए ।

प्रतिक्रिया दिनुहोस्