Logo
Logo

होली खेल्दा छुरा प्रहार, युवकको मृत्यु


819
Shares

काठमाडौं । धनुषामा होली खेल्ने क्रममा विवाद हुँदा छुरा प्रहारबााट एक युवकको मृत्यु भएको छ । शनिबार साँझ जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धी चोकमा भएको विवादमा जनकपुरधाम–२३ का २१ वर्षीय धर्मेन्द्र महतोले छुरा प्रहार गर्दा १९ वर्षीय आँशु यादवको मृत्यु भएको हो ।

होली खेल्ने क्रममा विवाद उत्पन्न हुँदा धर्मेन्द्रले छुरा प्रहार गर्दा गम्भीर घाइते भएका आँशुलाई अस्पताल लगिएको थियो । तर उपचारका क्रममा उनको मृत्यु भएको धनुषा प्रवक्ता तथा डीएसपी वरुणकुमार सिंहले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्