
काठमाडौं । पोखरा महानगरपालिका–२१ का वडाध्यक्ष दिपक सुवेदीमाथि रड प्रहार भएको छ । सार्वजनिक जग्गामा बनाउँदै गरेको संरचना रोक्न पुगेका वडाध्यक्ष सुवेदीमाािथ बाझिपोखरीका भूपेन्द्र गिरीले रड हानेका हुन् ।
सार्वजनिक जग्गामा संरचना नबनाउन वडाले धेरैपटक आग्रह गरेको थियो । तर रातारात संरचना बनाउन थालिएपछि त्यसलाई रोक्न नगरप्रहरीसहित त्यहाँ पुगेका आफुलाई गिरीले रडले हानेकाे वडाध्यक्ष सुवेदीले बताए ।
यद्यपी वडाध्यक्ष र उनीसँग गएका एकजनाले प्रतिरोध गर्दा रडले भने लाग्न पाएन । अहिले यही विषयमा छलफल गर्न वडा समिति र सर्वपक्षीय बैठक बाबेलाइएको छ ।