Logo
Logo

मन्त्रीहरु फेर्न प्रधानमन्त्रीलाई रघुजीको सुझाव


2.6k
Shares

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारका मन्त्रीहरु फेर्न सुझाव दिएका छन् । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पन्तले सरकारप्रति प्रश्न उठ्दा मन्त्रीहरुले स्पष्ट जवाफसमेत दिन नसकेको भन्दै मन्त्रीहरु फेर्न सुझाव दिएका हुन् ।

सांसदहरुले सरकारले विशिष्ट पदाधिकारीहरुको सेवा सुविधा बढाउने कानुन ल्याउन लागेको भन्दै सरकारको आलोचना गरेपछि मन्त्रीहरुले नबोलेको भन्दै रघुजीले असन्तुष्टि जनाएका हुन् । सर्वोच्चको आदेशपछि विशिष्टहरुलाई सेवा सुविधा दिने विधेयकको ड्राफ्ट डेढ वर्षदेखि कानुन मन्त्रालयमा थन्किएर बसेको छ । तर यसबारे मन्त्रीहरु मौन छन् ।

‘म त मन्त्रीहरुको पारा देखेर छक्क पर्छु । हिजो प्रकाशमान जीले पाल्पामा गएर बोल्नुभएको छ अहिले भइरहेको छैन भनेर । आएर त्यही कुरा बोले भयो नि संसदमा । संसदमा उठेपछि रेस्पोन्स त गर्नुपर्छ,’ पूर्वमन्त्री समेत रहेका पन्तले भने, ‘कसरी बनेको, किन बनेको, के कारणले बनेको हो, कुन अवस्थामा छ र सरकारको सोच के छ ? पटकपटक प्रश्न उठेपछि मन्त्रीहरुले कानमा तेल हालेर बस्न मिल्छ ?’

प्रतिक्रिया दिनुहोस्