काठमाडौं । नेपालको स्कुटर बजारमा नयाँ युगको सुरुवात गर्दै जगदम्बा मोटर्सले टीभीएस एनटर्क रेस एक्सपी ब्ल्याक सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो नेपालकै पहिलो १० पीएस भन्दा माथिको पावर भएको १२५ सीसी स्कुटर हो, जसले उच्च प्रदर्शन, नवीन प्रविधि र आक्रामक डिजाइनको संयोजन प्रस्तुत गर्दछ ।

कम्पनीले स्कुटरलाई डुअल राइड मोड, भ्वाइस असिस्ट प्रविधि, र रेस–इन्स्पायर्ड डिजाइन सहित ल्याएको छ । डुअल राइड मोडमा स्ट्रीट मोडले आरामदायी यात्रा सुनिश्चित गर्छ भने रेस मोडले उच्च गतिको अनुभव प्रदान गर्दछ । कम्पनीका अनुसार, ०–६० किमि प्रति घण्टा गति मात्र ८.३ सेकेन्डमा प्राप्त गर्दै ९८ किमि प्रति घण्टाको उच्चतम गति दिन सक्षम छ ।
नेपालको स्कुटर सेग्मेन्टमा पहिलो पटक भ्वाइस असिस्ट टेक्नोलोजी ल्याइएको छ, जसले राइड मोड स्विच, नेभिगेसन, र कल व्यवस्थापन जस्ता २० भन्दा बढी आदेशहरूलाई भ्वाइस कमान्डमार्फत सञ्चालन गर्न सकिन्छ ।