Logo
Logo

इन्द्रसरोवरमा भारतीय गाडी दुर्घटना, चार जना घाइते


189
Shares

काठमाडाौं । मकवानपुरको उत्तरी क्षेत्रस्थित इन्द्रसरोवर गाउँपालिकामा भारतीय गाडी दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।

कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक खण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ धाराखोल्छामा काठमाडौंबाट हेटौंडातर्फ गइरहेको युपि ७० एनटी ६९१७ नम्बरको भारतीय फोर्स गाडी दुर्घटना भएको हो ।

दुर्घटनामा गाडिमा सवार १७ जनामध्ये ४ जना यात्रु घाइते भएको र उनीहरुलाई उपचारको लागि हेटौंडा अस्पातालमा लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

घाइते सबै भारतीय नागरिक रहेका छन् । जसमा भारत उत्तर प्रदेश जिल्ला राइबेली ग्राम यनटिबेसी उचहर बस्ने ५५ वर्षीय राजकरण तिवारी, ३८ वर्षीय जितेन्द्रप्रताप सिंह, ४४ वर्षीय अजय मिश्र र ३८ वर्षीय अभयप्रताप सिंह रहेका छन् ।

उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको डिएसपी अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्