Logo
Logo

रुखमा झुण्डिएको अवस्थामा मृत भेटिए वरिष्ठ प्रहरी हवल्दार


13.9k
Shares

काठमाडौं । तनहुँको ऋषिङ प्रहरी चौकीका वरिष्ठ हवल्दार ओमबहादुर विक मृतावस्थामा फेला परेका छन् । रुपन्देही घर भई ऋषिङमा कार्यरत ४३ वर्षीय विक आज बिहान चौकी नजिकैको बेलौतीको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

उनी लामो समयदेखि मानिसक रूपमा बिरामी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्