Logo
Logo

सरकारले नै यौन व्यवसाय चलाउन लागेको हो ?


882
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक सिंहले कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेको यौन व्यवसाय सञ्चालन गरेर पर्यटक भित्र्याउनुपर्ने अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

आइतबार घिमिरेले यौन व्यवसाय र गाँजा खेतीलाई खुला गरेर पर्यटन भित्र्याउनुपर्ने बताएका थिए । सोही विषयलाई लिएर आज बसेको प्रतिनिधिसभा बैठकमा सिंहले आपत्ति जनाएका हुन् । उनले पर्यटक धेरै भित्र्याउने नाममा सरकारले नै वेश्यालय सञ्चालन गर्न लागेको हो ? भन्दै प्रश्न गरे ।

‘देशको आर्थिक विकासका लागि पर्यटक भित्र्याउन, त्यो पनि ज्यादा खर्च गर्ने पर्यटक ल्याउनका लागि यौन पर्मिट लाइसेन्स ल्याउनुपर्छ भन्नुभएको छ एउटा जिम्मेवार सरकारको माननीयज्यूले । यो व्यवसाय, वेश्यालय, कोठी चलाउने, सरकारले नै चलाउन दिन लागेको त हाइन ?’ उनले सोधे ।

प्रतिक्रिया दिनुहोस्