
काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले यौन व्यवसाय सञ्चालन गर्नुपर्ने भनेर दिएको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माग गरेको छ ।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी सांसद दुर्गा राईले आइतबारको बैठकमा घिमिरेले दिएको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माग गरेकी हुन् ।
घिमिरेले यौन व्यवसाय र गाँजा खेतीलाई खुला गरेर पर्यटन भित्र्याउनुपर्ने धारणा राखेका थिए । यस्तो विचारले अनुशासित र मर्यादित रुपमा रहेको समाजलाई अराजकतातिर लैजान सक्ने भन्दै सांसद राईले उक्त भनाइ रेकर्डबाट हटाउन सभामुखसमक्ष रुलिङको माग गरेकी हुन् ।